भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्

सारांश

  • नयाँ दिल्ली, १० जेष्ठ ।
  • भारतीय रेल विकासमन्त्री पियुष गोयल नेपाल(भारत द्धिपक्षीय सम्बन्ध मजबुद हुने र भारतको लोकसभा निर्वाचनमा भाजपाको जीतले अझै सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् ।
  • नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गोयलले यस्तो बताएका हुन् ।

नयाँ दिल्ली, १० जेष्ठ । भारतीय रेल विकासमन्त्री पियुष गोयल नेपाल(भारत द्धिपक्षीय सम्बन्ध मजबुद हुने र भारतको लोकसभा निर्वाचनमा भाजपाको जीतले अझै सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् ।नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गोयलले यस्तो बताएका हुन् । उनले भने,‘यो जीत भारतकोमात्रै जीत होईन, नेपालको पनि जीत हो । नेपाल भारत सम्बन्ध सुमधुर हुन्छ ।’त्यस्तै, भारतीय स्वास्थ्यमन्त्री जेपी नाड्डाले पनि नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध सँधै सुमधुर हुने बताएका छन् ।

मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका बरिष्ठ नेता शिवनारायण सिंह चौहानले नेपालको राजनीतिक प्रणालीलाई समर्थन गर्ने बताए । उनले भने,“नेपालको गणतन्त्रान्त्रिक व्यवस्थामा हाम्रो कुनै हस्तक्षेप हुँदैन् ।”भाजपाका प्रवक्ता गोपालकृष्ण अग्रवालले पनि भारतीय लोकसभाको निर्वाचनमा भाजपाको जितलाई नेपालको पनि जीत भएको संज्ञा दिए । उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि झनै प्रगाढ सम्बन्ध हुने विश्वास दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?