प्रदुषित सहरको सूचीमा काठमाडौँ १ नंवरमा
सारांश
- काठमाडौं प्रदुषित शहरको सूचीमा विश्वकै पहिलो नम्बरमा परेको छ ।
- हावाको गुणस्तर मापन गर्ने स्वीट्जरल्याण्डको एक वेबसाइट (आईक्वीएअर)का अनुसार काठमाडौंको हावाको गुणस्तर १६१ छ ।
- यो अस्वस्थकर मानिन्छ ।
काठमाडौं प्रदुषित शहरको सूचीमा विश्वकै पहिलो नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने स्वीट्जरल्याण्डको एक वेबसाइट (आईक्वीएअर)का अनुसार काठमाडौंको हावाको गुणस्तर १६१ छ । यो अस्वस्थकर मानिन्छ ।
यस्तै, दोस्रो स्थानमा बंगलादेशको राजधानी ढाका रहेको छ । त्यहाँको हावाको गुणस्तर १ सय ५९ रहेको छ । बोस्निया हर्जगोविनाको सर्जेवोमा हावाको गुणस्तर १ सय ५८ मापन हुँदा इटालीको मिलानोमा १ सय ४३ मापन भएको छ ।
यसअघि पनि काठमाडौंको हावाको गुणस्तरमा कमी आउँदा जनजीवन प्रभावित बन्ने गरेको थियो । गतवर्ष हावाको गुणस्तर ४ सयको हाराहारीमा पुगेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया