प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

सारांश

  • जनकपुरधाम ।
  • नयाँ शक्ति पार्टी, नेपालले प्रदेश नं।
  • २ को आर्थिक विकास र समृद्धिकालागि २० वटा अवधारणा सार्वजनिक गरिएको छ ।

जनकपुरधाम । नयाँ शक्ति पार्टी, नेपालले प्रदेश नं। २ को आर्थिक विकास र समृद्धिकालागि २० वटा अवधारणा सार्वजनिक गरिएको छ । आज जनकपुरमा आयोजिक अवधारणा सार्वजनिकीकरण कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, नेपालले प्रदेश नं. २ को आर्थिक विकास र समृद्धिका लागि विशेष योजना र अवधारणाको कार्यान्वयन गर्ने दृढता र प्रतिवद्धता जनाएका छन् ।

नयाँ शक्ति पार्टीका प्रवक्ता प्रशान्त सिंहले प्रदेश नं। २ को विकास र समृद्धिकालागि नयाँ शक्ति पार्टीको २१ वटा अवधारणा सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएका अवधारणाहरु निम्नानुसार छन्:

१. जनकपुरधामलाई सनातन विवाह संस्कार मेगा सिटीको रुपमा विकास गर्ने ।

२. भारत सरकारसँगको साझेदारीमा अयोध्यादेखि जनकपुरसम्म ‘स्वयम्बर एक्सप्रेस’ रेल सञ्चालन गर्ने ।

३. जनकपुरधामलाई नेपालको केन्द्रीय रेलवे स्टेशनको रुपमा ५ वर्षभित्र विकास गर्ने ।

४. जलेश्वरमा ‘अष्टावक्र सनातन पूर्वीय सभ्यता/दर्शन अध्ययन अन्तर्राष्ट्रिय प्रतिष्ठान’ निर्माण गर्ने ।

५. सुनकोशी–कमला डाइभर्सन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने ।

६. नेपाललाई कलकत्ता र बंगलादेशसँग जलमार्गद्वारा जोड्नको लागि जलमार्ग निर्माण गर्ने र सप्तरीको हनुमाननगर/भारदहमा कोशी बन्दरगाह निर्माण गर्ने । भारदहदेखि विहारको कुर्सेलासम्म जोड्ने जलमार्ग निर्माण गर्ने जसले भारतको हाल निर्मित इलाहवाददेखि हल्दियासम्मको राष्ट्रिय जलमार्गलाई जोड्नेछ ।

७. सर्लाहीको सागरनाथ वन क्षेत्रलाई वातावरणीय तथा साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा सागरनाथ/मुर्तिया चरा अवलोकन केन्द्र निर्माण गर्ने ।

८. वीरगञ्जलाई भारतको राष्ट्रिय राजमार्ग प्रणाली (उत्तर–दक्षिण तथा पूर्व–पश्चिम जोड्ने करिडोर र गोल्डेन क्वार्डि्रलेटरल राजमार्ग) सँग जोड्ने द्रूतमार्ग (एक्सप्रेस–वे) निर्माण गर्ने ।

९. वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको स्वायत्त नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्थापना गर्ने ।

१०. अमलेखगञ्जदेखि रक्सौलसम्म यात्रु रेल सेवा विकास गर्ने । जसले भारतीय रेल नेटवर्कसँग जोड्नेछ र नेपालबाट भारत जान र भारतबाट नेपाल आउन सहज हुनेछ ।

११. निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई फास्ट ट्रयाक प्रोजेक्टको रुपमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने ।

१२. निजगढ–काठमाडौं जोड्ने द्रूतमार्गलाई ‘तिरहुत–नेवा द्रूतमार्ग’को रुपमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने ।

१३. पाँचखोला बाढी नियन्त्रण तथा सिँचाइ आयोजना निर्माण गर्ने । जसमा बागमती, लालबकैया, कमला, खाडो, माहुली नदीमा भारतसँगको सीमाक्षेत्रदेखि पूर्व–पश्चिम राजमार्गसम्म नदीको दुबैतिर बाँध निर्माण गरिनेछ ।

१४. हुलाकी राजमार्गलाई विद्युतीय रेलमार्ग र सडक मार्ग दुबैको रुपमा एकीकृत यातायात परियोजना ५ वर्षमा निर्माण सम्पन्न गर्ने ।

१५. सप्तरीको राजविराजमा विद्यापति मैथिली अध्ययन प्रतिष्ठान र बाराको कलैयामा भोजपुरी अध्ययन प्रतिष्ठान स्थापना गर्ने ।

१६. पूर्व–पश्चिम राजमार्गमा बृहत् शिल्पी/सलहेस/दिनाभद्री सहकारी बजार (सुपर कोअपरेटिभ) निर्माण गर्ने । जुन तराई/मधेशका विभिन्न दलित/शिल्पी समुदायद्वारा सञ्चालित कृषि उपजहरुको प्रमुख बजार हुनेछ ।

१७. कृषक स्वाभीमान योजना । यो योजना अन्तरगत निश्चित कृषि उपजहरुको न्यूनतम मूल्य निर्धारण गरिनेछ । तोकिएका उपजहरु तोकिएको न्यूनतम मूल्यमा सरकारले खरिद गर्नेछ ।

१८. वैदेशिक रोजगारीमा गएका मधेशका नागरिकहरुको लगानीमा प्रवासी मधेशी कोष (म्युचुअल फन्ड) स्थापना गर्ने । जसले तराई/मधेशको विकास र समृद्धिको कार्यमा लगानीको थप पूँजी निर्माण गर्नेछ ।

१९. ढल्केबर–जनकपुर करिडोरलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी विकास गर्ने ।

२०. चुरे क्षेत्रको संरक्षण, दीगो जिविकोपार्जन र जल व्यवस्थापनका लागि चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने । यो परियोजनालाई पेमेन्ट फर इकोलोजिकल सर्भिसेज अन्तरगत भारत सरकारसँग सम्झौता गरी द्विदेशीय परियोजनाको रुपमा विकास र कार्यान्वयन गर्ने ।

उल्लेखित २० वटा विकास र समृद्धिका अवधारणालाई पूरा गर्न हाल प्रदेश नं. २ का लागि सरकारले विजियोजन गरेको बजेटबाहेक थप आवश्यक आर्थिक स्रोत आर्जन गर्न निम्न कार्यहरुहरु गरिनेछ:

– कर/राजश्व संकलन प्रणालीमा आमूल परिवर्तन गरी राजश्व संकलनमा ५ वर्षमा तीन गुणा वृद्धि गर्ने र १० वर्षमा ५ गुणा वृद्धि गर्ने ।
– विकास बजेट पूर्णरुपमा खर्च गर्ने र खर्च गर्ने विधिहरुको सरलीकरण गर्ने ।
– वैदेशिक लगानी
– रणनैतिक वैदेशिक अनुदान र प्रविधि हस्तान्तरण
– युद्धस्तरमा भ्रष्टाचार नियन्त्रण
– विकास र समृद्धिका लागि छिमेकी देशहरुसँग पारदर्शी तथा रणनीतिक साझेदारी

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pratap Rasaily

    बाबुराम सर तपाईं या तपाईंको पार्टी सफल हुन २० होइन एउटै मुद्दा काफी िथयो तर अब तपाईंले जस्तोसुकै प्रभावकारी मुद्दा ल्याए प िन पत्याउने वाला कोही छैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
केशव स्थापितले गगन थापा लाई दिए  यस्तो   चुनौती
केशव स्थापितले गगन थापा लाई दिए यस्तो चुनौती
भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति
भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
काेराेना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै
काेराेना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

तपाईंले छुटाउनुभयो कि?