लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

सारांश

  • झापा, मंसिर १४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं.
  • ३ बाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङदेनलाई जिताउन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
  • झापाको क्षेत्र नं.

झापा, मंसिर १४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङदेनलाई जिताउन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

झापाको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका राप्रपाका महामन्त्री लिङदेन वाम गठबन्धन र राप्रपाका साझा उम्मेदवार हुनुहुन्छ । उहाँको प्रतिष्पर्धामा कांग्रेस केन्द्रिय नेता कृष्णप्रसाद सिटौला हुनुहुन्छ ।

झापाको भद्रपुरमा बिहीबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले, माओवादी केन्द्र र राप्रपाको साझा उम्मेदवार लिङदेन भएको भन्दै जसरी पनि जिताउन कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

ओलीले चुनावपछि बन्ने वाम गठबन्धन सरकारले झापाको विकासमा कायापलट गर्ने भन्दै कांग्रेसले जतिपटक चुनाव जितेपनि विकास गर्नुको साटो सरकार नै चलाउन नसक्ने आरोप लगाउनुभयो ।

ओलीले आज बिहीबार झापाका तीन वटा क्षेत्रका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यस क्रममा उहाँले क्षेत्र नं. २ को बिर्तामोड र क्षेत्र नं. ३ को भद्रपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरिसक्नु भएको छ । उहाँले अहिले केहीबेरपछि क्षेत्र नं. ४ को दुधेमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?