यसपटक मिस नेपाल बनिन् श्रृंखला खतिवडा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
यसपटक मिस नेपाल बनिन् श्रृंखला खतिवडा

सारांश

  • काठमाडौं : सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि शृङखला खतिवडाले जितेकी छिन् ।
  • २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी खतिवडाले जितेकी हुन् ।
  • उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन लगाइदिइन् ।

काठमाडौं : सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि शृङखला खतिवडाले जितेकी छिन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी खतिवडाले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

सँगै मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छिन् ।

बुधबार राति सम्पन्न मिस नेपाल २०१८को निर्णायकमा सुनिल शाक्य, भावना घिमिरे, रवीन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?