सरकारले तोकेको कर तिर्न छोडेर एनसेल फेरि पुग्यो सर्वोच्च

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सरकारले तोकेको कर तिर्न छोडेर एनसेल फेरि पुग्यो सर्वोच्च

सारांश

  • काठमाडौं ।
  • एनसेलले सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित रिट निवेदन लगेर सर्वोच्च अदालत पुगेको छ।
  • गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो।

काठमाडौं । एनसेलले सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित रिट निवेदन लगेर सर्वोच्च अदालत पुगेको छ।

गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो।

ठूला करदाताले आफ्नो अधिकार सीमाबाहिर गएर रकम तोकेको दाबी एनसेलको छ। एनसेलका तर्फबाट प्रशन्न श्रेष्ठले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

रिटमा १४ अर्ब रुपैयाँमात्र तिरे पुग्ने दाबी गरिएको छ। यसअघि सर्वोच्चले एनसेल कारोबारमा सरकारले पाउनुपर्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन परमादेश दिएको थियो। त्यसै अनुसार ठूला करदाता कार्यालयले प्रक्रिया अघि बढाएपछि त्यसविरुद्ध एनसेल फेरि अदालत पुगेको हो।

ठूला करदाता कार्यालयको निर्णय र पत्र सर्वोच्चको आदेशविपरीत भएको दाबी रिटमा गरिएको छ। सर्वोच्चले एनसेलले तिर्नुपर्ने रकम ठूला करदाता कार्यालयले निर्धारण गर्नुपर्ने आफ्नो फैसलामा उल्लेख गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पर्सामा नेपाल–भारत स्तम्भको खोजी
पर्सामा नेपाल–भारत स्तम्भको खोजी
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
केभने बामदेव गौतमले हरे पछि-विज्ञप्ति सहित !
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
नेपालगञ्ज उपमहानगरमा कांग्रेस, एमाले र माओवादीको ५०, ५०, ५०
नेपालगञ्ज उपमहानगरमा कांग्रेस, एमाले र माओवादीको ५०, ५०, ५०
Is Shilpa Shetty pregnant again? Here’s what the actress has to say
Is Shilpa Shetty pregnant again? Here’s what the actress has to say
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा

तपाईंले छुटाउनुभयो कि?