पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २, २०७६
|
|
५५ पटक हेरिएको
Shares
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

सारांश

  • मस्काे।
  • राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन्।
  • रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन्।

मस्काे। राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन्।

रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन्।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ।

प्रधानमन्त्रीले भने, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु। हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन्।

उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका छन्। “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,” पुटिनले भने।

उनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गर्नुभएको छ भने यसको नेतृत्वका लागि मेदवेदेवलाई नै सुझाव दिएका छन्।

एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!
अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
चट्याङ लागेर दुई घाइते
चट्याङ लागेर दुई घाइते
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
घाँटीमा गुट्खा अड्किएर मृत्यु
घाँटीमा गुट्खा अड्किएर मृत्यु
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !
दुई वर्षैदेखि अभिनयमा स्मृति, पाँचौ अभिनयमा आयो तीज गीत (भिडियोसहित)
दुई वर्षैदेखि अभिनयमा स्मृति, पाँचौ अभिनयमा आयो तीज गीत (भिडियोसहित)