मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
३० पटक हेरिएको
Shares
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे

सारांश

  • यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ ।
  • मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
  • मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन ।

यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।“नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ ९जुन २०० मा मनसुन भित्रिएको थियो ।

त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ”, उहाँले भन्नुभयो । गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो । मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन । मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।त्यस्तै मनसुन अन्त्य हुने बेलामा पूर्वतिर मनसुनी प्रणाली मकजोर हुँदै जान्छ तर अहिले पूर्वमा मनसुन सक्रिय छ ।

अर्का मौसविद् बरुण पौडेलले भन्नुभयो । यस वर्ष औसतभन्दा कम वर्षा भएको उहाँको भनाइ थियो ।“मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने छैन । मनसुनी गतिविधि केही बाँकी नै रहेकाले दिउसो घाम लागी देशका केही भू–भागमा बेलुका तथा रातको समय हल्कादेखि मध्यम हुनेगर्छ तर वर्षा लगातर नभई छोटो समय हुनेछ । यसमा अत्तिनुपर्ने कुरा छैन”, मौसमविद् पौडेलले भन्नुभयो ।

सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको सङ्ख्या बढिरहेको छ । आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार र बुधबार पनि सो क्रम यथावत रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलम पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने
सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
मन्त्री महासेठको बढाएको भाडादर सिडिओले घटाए
मन्त्री महासेठको बढाएको भाडादर सिडिओले घटाए
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट
स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
लागु औषधसहित दुई जना पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
३८ तोला सुनका गहना चोरी गर्ने पक्राउ
३८ तोला सुनका गहना चोरी गर्ने पक्राउ
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित

तपाईंले छुटाउनुभयो कि?