प्रदेश मुकामसँग जनताको साइनो न सम्बन्ध
सारांश
- काठमाडौं, ५ माघ -प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि आन्दोलन चर्किएका बेला जनताका दैनिक महत्वपूर्ण काम स्थानीय तहबाट हुने र प्रदेशसँग कुनै साइनो नभएको विज्ञहरुले बताएको आजको नागरिक दैनिकमा खबर छ ।
- संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा जनताका कामको बाँडफाँड गरिएको छ ।
- सबैभन्दा धेरै काम स्थानीय तहको वडा, गाउँपालिका र नगरपालिकाबाट हुनेछन् ।
काठमाडौं, ५ माघ -प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि आन्दोलन चर्किएका बेला जनताका दैनिक महत्वपूर्ण काम स्थानीय तहबाट हुने र प्रदेशसँग कुनै साइनो नभएको विज्ञहरुले बताएको आजको नागरिक दैनिकमा खबर छ ।
संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा जनताका कामको बाँडफाँड गरिएको छ ।
सबैभन्दा धेरै काम स्थानीय तहको वडा, गाउँपालिका र नगरपालिकाबाट हुनेछन् ।
जनताका दैनिक काम वडाबाट हुने भएकाले प्रदेश राजधानीमा पुग्नै नपर्ने पुनसंरचना विज्ञ बालानन्द पौडेलले बताए ।
संविधानले संघलाई ३५, प्रदेशलाई २१ र स्थानीय तहलाई २२ वटा अधिकार दिएको छ । कतिपय काम तीनवटै तहका साझा कामको रुपमा पर्छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया