रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रेखाले अब हल्का माया लाउँदै नलाउने, मालिकामा माया गाढा लगाउने

सारांश

  • काठमाडौं, २५ असार ।
  • चर्चित नायिका रेखा थापाले अब हल्का माया लाउँदै नलाउने भएकी छन् ।
  • उनले आफ्नो आगामी चलचित्र “मालिका”मा गाढा माया लगाउने र त्यो पनि नजिक होइन टाढा लगाउने भएकी छन् ।

काठमाडौं, २५ असार । चर्चित नायिका रेखा थापाले अब हल्का माया लाउँदै नलाउने भएकी छन् । उनले आफ्नो आगामी चलचित्र “मालिका”मा गाढा माया लगाउने र त्यो पनि नजिक होइन टाढा लगाउने भएकी छन् ।

रेखा फिल्मस्को ब्यानरमा निर्मित “मालिका” आगामी कार्तिक २१ गते लक्ष्मीपूजाको दिन रिलिज हुने तय भइसकेको छ । निर्देशन पनि स्वयं रेखाले नै गरेको “मालिका”को एउटा गीत भने अबको केही दिन अर्थात साउन १ गते सार्वजनिक हुँदैछ ।

हल्का माया के लाउने गाढा लगाउने
नजिकका माया छँदैछ टाढा लगाउने
यस्तो कर्णप्रिय शव्द रहेको मालिकाको गीतको भिडियोले स्रोता÷दर्शकको मन ह्वात्तै जित्ने देखिन्छ । निर्माता सरस्वती थापा, कार्यकारी निर्माता नर कार्की र मुख्य सहायक निर्देशक नवराज शर्मा रहेको मालिकाको यो गीतको कोरियोग्राफर रामजी लामिछाने छन् । सुरेश अधिकारीले सङ्गीतवद्ध गरेको यो गीतको छायाङ्कन रामशरण उप्रेतीले गरेका छन् । ऐतिहासिक जाजरकोट दरबार लगायतका दृश्य रहेको यो गीत व्यग्र प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?