सिके राउतले सरकारलाई धाेका दिएका हुन् ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सिके राउतले सरकारलाई धाेका दिएका हुन् ?

सारांश

  • काठमाडाैं।
  • सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.
  • सीके राउतका कार्यकर्ताले जनकपुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन् ।
pm_oli5015.JPG
काठमाडाैं। सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतका कार्यकर्ताले जनकपुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन् । राउतका कार्यकर्ताको यस्तो व्यवहारले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति गम्भीर चुनौती थपिएको छ ।
गठबन्धनका कार्यकर्ताले जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जा गरी स्वतन्त्र मधेसको नारा लगाएका थिए । स्वतन्त्र मधेसको नारा लगाउनु पृथकतावादी कार्य रहेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।
बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए । राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले विमानस्थललाई चारैतिरबाट घेरा हालेका थिए । रौतहट जान जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र मधेस चाहियो भनेर नाराबाजीसमेत गरेका थिए । राउतका कार्यकर्ताले स्वतन्त्र मधेस माग गर्दै सम्झौता मात्रै उल्लंघन गरेनन्, संविधानका विभिन्न धारामाथि समेत आक्रमण गरेका छन् ।
संविधानको धारा २७४ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने उल्लेख छ । राउतका कार्यकर्ताले संविधानको सो धाराविपरीत हुने गरी छुट्टै मधेस राज्यको माग गरेका छन् । राउतले दुई दिनअघि सरकारसँग गरेको सहमतिमा स्वतन्त्र मधेसको माग त्याग्ने र मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डता स्विकार्ने प्रतिबद्धता जनाएका थिए । तर, उनका कार्यकर्ताले सो सहमतिको धज्जी उडाएका हुन् ।
संविधानको धारा ४८ मा हरेक नागरिकले राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु प्रमुख कर्तव्य हुने उल्लेख छ । राउतका कार्यकर्ताले संविधानको सो प्रावधानविपरीत नागरिकको कर्तव्यसमेत भुलेको पाइएको छ । यसैगरी, संविधानको धारा ५ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नु राष्ट्रिय हितको आधारभूत विषय हुने उल्लेख छ । सीके राउतका कार्यकर्ताले संविधानको सो धाराविपरीत कार्य गर्दै राष्ट्रहितमाथि समेत प्रहार गरेको पाइएको छ ।
यता, राउत र सरकारबीचको सम्झौताको विषयमा प्रतिक्रिया लिन विमानस्थल पुगेका सञ्चारकर्मीलाई राउतका निजी सुरक्षा गार्डले दुव्र्यवहार गरेका छन् । राउतसँग सञ्चारकर्मीले कुरा गर्न खोजेपछि गठबन्धनका कार्यकर्ताले धकेलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्ल्याहा बच्चा मात्रै जन्मिने गाउँ
जुम्ल्याहा बच्चा मात्रै जन्मिने गाउँ
रत्नपार्कमा नयाँ नोट बिक्रिमा !
रत्नपार्कमा नयाँ नोट बिक्रिमा !
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए

तपाईंले छुटाउनुभयो कि?