आजदेखि मतदाता नामावली अद्यावधिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १२, २०७९
|
|
५३ पटक हेरिएको
Shares
आजदेखि मतदाता नामावली अद्यावधिक

सारांश

  • काठमाडौं।
  • आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ।
  • यसअन्तर्गत आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्।

काठमाडौं। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ।

यसअन्तर्गत आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्। नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भोलिदेखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि भोलिदेखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ। यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो।

आयोगले यसअघि नै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने निर्णय गरिसकेको छ। आगामी मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।

त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ। आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनदेखि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो।

त्यसअघिका निर्वाचनमा निर्वाचन मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो। निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनभित्र १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो।

गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार पाँच सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ। स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो।

सरकारले गत साउन १९ गते निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको थियो । मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो सडक योजना अलपत्र
पहिलो सडक योजना अलपत्र
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
दुबईमा मृत्युदण्ड पाएका खड्ग काठमाडौँमा, कसरी आए जीवितै ?
दुबईमा मृत्युदण्ड पाएका खड्ग काठमाडौँमा, कसरी आए जीवितै ?
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
महंगीको मारमा सर्वसाधारण
महंगीको मारमा सर्वसाधारण