प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे
सारांश
- नगरकोट, २१ भदौ ।
- नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहिलो पार्टी हुने दाबी गर्नुभएको छ ।
- रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमाले बाहेक अरु राजनीतिक दल नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउँदै उहाँले नेपालको समृद्धिका लागि नेकपा एमाले नै पहिलो शक्ति हुने बताउनुभएको हो ।
नगरकोट, २१ भदौ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहिलो पार्टी हुने दाबी गर्नुभएको छ ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमाले बाहेक अरु राजनीतिक दल नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउँदै उहाँले नेपालको समृद्धिका लागि नेकपा एमाले नै पहिलो शक्ति हुने बताउनुभएको हो ।
नेता पाण्डेले तनवटै तहका निर्वाचनमा जीत हासिल गर्ने दाबी गर्दै आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा समेत गर्नुभयो ।
वैदेशिक चलखेलकै कारण नेपालमा तत्कालीन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकी थन्किरहेको गुनासो गर्नुभयो
सरकारले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायलाई सहयोग नगरेका कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको छ भन्दै उहाँले आफ्नो दलले भने भ्रष्टाचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकालाई नछोड्ने भएकाले नै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको बताउनु भयो ।
Kamala Shrestha
Amale Medical Mafiya ho Bhanera Sabai janatale Chini sakeka chhan Oil Nigam ma. Brastachar Garna Gopal khadka Layi pathaune KP Oli Nai. Hun National medical college layi Sambandhan Dine Pani KP Oli. Ji. Nai hun. Aaj Samma AMALE Le Rastra Ko lagi Kunai pani Bikas ko Kam Gareko dekhawas Gafadi Oli. Ji layi sabai Janata le Chini sakeka. Chhan Amale Bhanda.Maobadi. Kendra nai thik. Chha