महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना दिंदै लैंगिक हिंसाका अपराधी जोसुकैलाई पनि कानुन अनुसार कडा सजाय दिन सरकार दृढ रहेको बताएका छन् ।
- प्रधानमन्त्री ओलीले संविधानले सन्देशमार्फत सबै किसिमका लैंगिक विभेदको अन्त्य गर्ने संकल्प गरेको उल्लेख गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना दिंदै लैंगिक हिंसाका अपराधी जोसुकैलाई पनि कानुन अनुसार कडा सजाय दिन सरकार दृढ रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले संविधानले सन्देशमार्फत सबै किसिमका लैंगिक विभेदको अन्त्य गर्ने संकल्प गरेको उल्लेख गरेका छन् । “सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिला छन, तथ्याङ्क दक्षिण एशिया र विश्वकै लागिसमेत प्रेरणादायी छ”, सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।
“लैंगिक हिंसाको अपराधमा संलग्न जोसुकैलाई कानुनबमोजिम कडा सजाय दिन सरकार दृढ छ”, शुभकामना सन्देशमा उल्लेख छ, “मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका लागि थप बल प्रदान गर्ने मैले विश्वास लिएको छु ।”
प्रधानमन्त्री ओलीले मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९९६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को नेपाल पक्षराष्ट्र भएकाले महासन्धिको सरकारले पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।
प्रत्येक नेपाली महिलालाई बिना भेदभाव समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकलगायत मौलिक हक प्रत्याभूत गरेको स्पष्ट छ ।
महासन्धिको पक्ष राष्ट्रका रुपमा दायित्व वोध गर्दै नेपाल सरकार महिला केन्द्रित नीति, कानुन, योजना र संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोत, साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई समृद्ध र सुखी समाज निर्माण गर्न प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया