पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
२० पटक हेरिएको
Shares
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)

सारांश

  • काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट बाहिरिएका छन् ।
  • आइतबार राति नौ बजे एभिन्यूज खबरको लाइभ कार्यक्रम सकस राजनीतिको बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।
  • भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए ।

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट बाहिरिएका छन् । आइतबार राति नौ बजे एभिन्यूज खबरको लाइभ कार्यक्रम सकस राजनीतिको बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।

भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए । पत्रकारलाई शिष्ट भएर र नम्र भएर प्रश्न गर्न सिक्नुस भन्दै यादव जंगिएका थिए ।

प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै उनी स्टुडियोबाट बाहिरिए । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

https://www.youtube.com/watch?v=v5pLgmQRuwo

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?