धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
४९ पटक हेरिएको
Shares
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा

सारांश

  • पालुङ, (मकवानपुर) ।
  • राप्रपा अध्यक्ष कमल थापाले धर्म,संस्कृती र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दा माथी उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् ।
  • मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बढ्दो धर्म परिबर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुने तर्फ सबैलाई सचेत हुन आग्रह गरे ।

पालुङ, (मकवानपुर) । राप्रपा अध्यक्ष कमल थापाले धर्म,संस्कृती र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीति भन्दा माथी उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बढ्दो धर्म परिबर्तनलाई रोक्न नसके

समस्या उत्पन्न हुने तर्फ सबैलाई सचेत हुन आग्रह गरे । समय क्रममा सरकार परिबर्तन हुने, ब्यबस्था परिबर्तन हुने तर प्रकृतिको नियम परिबर्तन नहुने भन्दै अध्यक्ष थापाले आफ्नो धर्म,सस्कृती माथी भईरहेको अतिक्रमण र प्रहार कुनै पनि स्वाभिमानी नेपालिले टुलुटुलु हेरेर बस्न नहुने बताए। बिश्वकै जेठो ,सम्पन्न र प्रभाबशाली सनातन मान्यतालाई कमजोर

पार्न भईरहेको षडयन्त्रलाई चिर्न युबा पुस्ता अग्रसर हुनुपर्ने आबश्यकता औल्याए । बिश्वका कुनै पनि देशले आफ्नो धर्म, पहिचान र मूल्य मान्यतालाई कमजोर बनाएर केही पनि प्रगति गर्न नसक्ने ठोकुवा गर्दै थापाले हामीले हाम्रा पुर्खाले दिएका धन सम्पतीको मात्र चिन्ता र रक्षा गर्ने नभई सस्कार र सस्कृतिको पनि अनिबार्य रक्षा गर्नुपर्ने बताए ।

सो अबसरमा राप्रपा धर्म सस्कृती समन्वय बिभाग प्रमुख पुष्पराज पुरुष थाहा नगर उप प्रमुख खड्ग गोपाली, बिष्णु ढकाल लगायतले पनि बोलेका थिए । यसै बीच राप्रपा थाहा नगर समितिद्वारा बुधबार नै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले नयाँ ढङ्गबाट संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

चुनावी हारजित स्वभाभिक प्रक्रिया भएकोले त्यसको समिक्षा गर्दै उच्च मनोबलका साथ अघि बढ्नु पर्नेमा थापाको जोड थियो । सो अबसरमा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, प्रबास बिभाग प्रमुख बिजय खड्का , जनजाति नेता राम थोकर, हरेराम कार्की, राम बहादुर घले, सुरेन्द्र तामाङ लगाएतको उपस्थिती थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला
कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार
कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार
दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा
दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
रेलको स्टेसन राख्ने ठाउँको स्थलगत अध्ययन
रेलको स्टेसन राख्ने ठाउँको स्थलगत अध्ययन
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो