प्रदेश सभामा शोक प्रस्ताव बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश सभामा शोक प्रस्ताव बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

सारांश

  • विराटनगर १९,फागुन ।
  • प्रदेश सभामा पहिलाे पटक शाेक प्रस्ताव पेश हुँदै  पारित भएकाे छ ।
  • आईतवारकाे प्रदेशसभा बैठकले फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका प्रति शोक प्रस्ताव पारित गरेकाे हाे ।

विराटनगर १९,फागुन ।प्रदेश सभामा पहिलाे पटक शाेक प्रस्ताव पेश हुँदै  पारित भएकाे छ । आईतवारकाे प्रदेशसभा बैठकले फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका प्रति शोक प्रस्ताव पारित गरेकाे हाे ।

सभामुख प्रदीपकुमार भण्डारीले ताप्लेजुङ्गमा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यू भएको घटनाप्रति प्रस्तुत गरेकाे शोक प्रस्ताव सर्वसम्महतिले पारित भएको हो ।

हेलिकप्टर दुर्घटनामा प्रतिनिधी सभा सदस्य तथा संघीय सरकारका बहालवाला मन्त्री अधिकारीसहितको मृत्यू भएको थियो ।सभामुख भण्डारीले प्रदेशसभाको बैठक सुरु गर्दै शोक प्रस्ताव पेश गरेका थिए । प्रस्तुत प्रस्तावलाई निर्णथार्य पेश गरिएकोमा प्रदेश सांसदहरुले हात उठाएर सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेका हुन् । दुर्घटनाका मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?