चीनले किन नाप्न थाल्यो सगरमाथाको उचाई ?
सारांश
- चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ ।
- ३० जना आरोही तथा निरीक्षकहरु आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
- चीनको प्राकृतिक संशाधन मन्त्रालयको टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वाङ्ग योङ्गफेङ्गले बताए ।
चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा निरीक्षकहरु आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको प्राकृतिक संशाधन मन्त्रालयको टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वाङ्ग योङ्गफेङ्गले बताए ।
अप्रिलको सुरुआतमै आधार शिविर पुगेको टोलीले सगरमाथा आरोहण र उच्च अल्टिच्युड क्षेत्रमा कसरी सर्वे गर्ने भन्ने सिकेका थिए । वाङ्गका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् ।

यस्तो छ आजदेखि उपत्यकामा चल्ने सवारीमा टाइम कार्ड
काठमाडौँ उपत्यकामा आइतबारदेखि विभिन्न कार्यालय र संस्थाका सवारी साधनहरु तोकिएको समयमा मात्रै चलाउन पाइने भएको छ । तोकिएको समयमा मात्रै सवारी चलाउनका लागि टाइम कार्ड लागु गरिएको छ । काठमाडौँ उपत्यकाका सिडिओ, सुरक्षा निकाय हेर्ने डिआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले गरेको निर्णय अनुसार। कार्यालय समयको लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याइएको छ । त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ । बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ ।
प्रतिक्रिया