सर्वोच्चको आदेश विरोध प्रदर्शन नरोक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ४, २०७८
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • सर्वोच्च अदालतले विरोध प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।
  • सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले विरोध प्रदर्शन गर्न पाउनु अभिव्यक्ति स्वतन्त्रता भएको र त्यसलाई कुण्ठित पार्ने चेतावनी दिन नपाइने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
  • गत २० भदौमा गृह मन्त्रालयले एक सूचना जारी गर्दै छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

सर्वोच्च अदालतले विरोध प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले विरोध प्रदर्शन गर्न पाउनु अभिव्यक्ति स्वतन्त्रता भएको र त्यसलाई कुण्ठित पार्ने चेतावनी दिन नपाइने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत २० भदौमा गृह मन्त्रालयले एक सूचना जारी गर्दै छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

महाकाली घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र विरोध प्रदर्शन तथा एमसीसीविरुद्ध प्रदर्शन भइरहेका बेला गृहको यस्तो सूचना आएको थियो । यसका विरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेस गर्नुभएको थियो ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरि सरकारले विज्ञप्ति जारी गरेको भन्दै उहाँले रिटमा गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको जिकिर गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?