प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने : पहाडी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने : पहाडी

सारांश

  • काठमाडौं, ३१ साउन ।
  • मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक अगुवा कृष्ण पहाडीले प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने बताएका छन् ।
  • पहाडीले प्रेस स्वतन्त्रता कुण्ठित हुने आशंका बढेको, पेशागत समूहहरुले असुरक्षाको अनुभव गरेको, समावेशी र समानताका मूल्यहरुमाथि प्रहार हुन थालेको जस्ता घटनाहरुप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

काठमाडौं, ३१ साउन । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक अगुवा कृष्ण पहाडीले प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने बताएका छन् । पहाडीले प्रेस स्वतन्त्रता कुण्ठित हुने आशंका बढेको, पेशागत समूहहरुले असुरक्षाको अनुभव गरेको, समावेशी र समानताका मूल्यहरुमाथि प्रहार हुन थालेको जस्ता घटनाहरुप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाडौँमा आयोजित मासिक शान्ति काव्य प्रवाहको ७० औँ श्रृंखलामा बोल्दै पहाडीले स्वतन्त्रताको पक्षमा सर्जकहरु पनि सजग रहनुपर्ने आवश्यकता औंल्याए । कवि रुद्र अधिकारीले आफ्नो कवितामा “कवि हो कविता पनि कम लेख्ने गर, फेरि सरकारले कर लगाउन सक्छ” भन्दै हाल देशमा चलिरहेको कर आतंकप्रति व्यङग्य गरेका थिए । समाजका सभापति डा. गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न मासिक शान्ति काव्य प्रवाहमा ३८ जना कविहरुले कविता, गजल, मुक्तकहरु प्रस्तुत गरेका थिए ।

काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी शुक्राचार्य, कृष्ण कँडेल, ऋचा, प्रा.डा. जीवन अधिकारी, जसध्वज गुरुङ, बाबुराम लामिछाने, भाग्यशाली अधिकारी, मञ्जुश्री प्रधान केसी, पार्वती भट्ट, कुसुम शर्मा, विमला दाहाल, सीता सुवेदी, भुवन सिवाकोटी, प्रकाशमणि दाहाल, त्रिभुवचन्द्र वाग्ले, शिवराम खड्का, निराजन तिमल्सिना, अतृप्त पाण्डे, ओमप्रसाद कोइराला, पुन्य गौतम विश्वास, त्रिपुरा पौडेल, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, शर्मिला कार्की, निर्मल पराजुली, सुनिता सापकोटा, अशोक घिमिरे, रविन्द्र आशीष शैली, गंगा कर्माचार्य, देवकी ढुंगाना, चन्द्र श्री कार्कीसहित ३८ जना कविहरुले रचना प्रस्तुत गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जनाएकी छन् ।

(exitonetaproom.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म
Deepika Padukone posts an emotional note about depression following Kate Spade & Anthony Bourdain suicides!
Deepika Padukone posts an emotional note about depression following Kate Spade & Anthony Bourdain suicides!
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
प्रदेश ५ का ४ जिल्लामा खाद्यान्न अभाव
प्रदेश ५ का ४ जिल्लामा खाद्यान्न अभाव
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जम्यो
हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जम्यो
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…