पिकनिकमा खुकुरी हानाहान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
पिकनिकमा खुकुरी हानाहान

सारांश

  • काठमाडौं, २० साउन ।
  • धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौबाट २ जना पक्राउ परेका छन् ।
  • टोखा बस्दै आएका दुई जना पुरुषलाई चक्कु तथा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई मगानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

काठमाडौं, २० साउन । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौबाट २ जना पक्राउ परेका छन् । टोखा बस्दै आएका दुई जना पुरुषलाई चक्कु तथा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई मगानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका बन्दन लिम्बु र हेम तामाङ रहेका छन् । घाइते दुवै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाँकेको बैजनाथ गाउँपालिका मकैबारीका ३ जनालाई खुकुरी प्रहारी गरी घाइते बनाएको अभियोगमा मनोज तारे मगर समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पिकनिक खाने क्रममा बिबाद हुँदा उनीहरुले ३ जनालाई खुकुरी प्रहार गर्दा घाइते बनाएका ५ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले १ थान खुकुरी सहित पक्राउ गरेको जनाएको छ । घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?