भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा
सारांश
- सोल, २२ चैत ।
- दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।
- देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ ।
सोल, २२ चैत । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो ।
यस प्रकोपको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका शुक्रबार यहाँका अधिकारीले पुष्टि गरेका छन् । यस डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ । यस प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् । यस प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गर्नुभएको थियो ।
उहाँले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।
प्रतिक्रिया