प्रधानमन्त्री ओलीले यसरी सम्झिए मनमोहन आधिकारीलार्इ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • ललितपुर, १३ वैशाख ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ ।
  • नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा विहिवार  मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

ललितपुर, १३ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ ।

नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा विहिवार  मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उहाँको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उहाँप्रति सम्मान गरिएको बताउनुभयो । नेकपा (एमाले)ले अधिकारीलाई कहिल्यै नभुलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।”

वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उहाँको भनाइ छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले मलाई असल मान्छेका रुपमा सम्झिदिए पुग्छ भन्ने भनाइबाट नै उहाँका बारेमा बुझ्न सकिन्छ ।” अहिले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उहाँबाट प्रेरणा लिनुपर्नेमा उहाँको जोड छ ।

अर्कापूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताउनुभयो । जनवादी क्रान्तिको उपलब्धि १० वर्ष लगाएर संस्थागत गरिएका बताउँदै उहाँले भन्नुभयो, “लोकतान्त्रिक र प्रगतिशील संविधानले पनि समाजवादलाई अघि बढ्न मार्गनिर्देशन गरेको छ ।”

एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताउनुभएको स्मरण गर्नुभयो ।

प्रतिष्ठानका सचिवसमेत रहनुभएका रक्षामन्त्री ईश्वर पोखरेलले आफू अधिकारीको राजनीतिक सल्लाहकार हुँदा आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ खर्ब दिन्छु भनेर के गर्नु! एक सुको आछैन
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
आजको राशिफल
आजको राशिफल
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने