ओलीलाई मोदीको फोनको अर्थ
सारांश
- अठार महिना पदावधी बाँकी रहेका दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनामा दुई पटक एमालेका अध्यक्ष एवं भावी प्रधानमन्त्री केपी आलीलाई फोन गरेको समाचारले प्रमुखता पायो ।
- मोदीले दुई पटक फोन गरेर नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने संकेत गरेका छन् ।
- यो समाचार टिप्पणी शिखरन्यूजको लागि हामीले दृष्टि साप्ताहिकबाट लिएका हौं ।
अठार महिना पदावधी बाँकी रहेका दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनामा दुई पटक एमालेका अध्यक्ष एवं भावी प्रधानमन्त्री केपी आलीलाई फोन गरेको समाचारले प्रमुखता पायो ।
मोदीले दुई पटक फोन गरेर नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने संकेत गरेका छन् । यो समाचार टिप्पणी शिखरन्यूजको लागि हामीले दृष्टि साप्ताहिकबाट लिएका हौं ।
अर्को वर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुँदैछ । मोदीले ओलीलाई दुई पटक फोन गरेर नेपाल–भारत सम्बन्ध सुधार गर्नका लागि जुन प्रयास सुरु गरेका छन्, त्यो निश्चित पनि सह्रानीय छ ।
लाग्छ, यसपाली मोदीले नेपाल–भारत सम्बन्ध सुधारको कमाण्ड आफैंले लिएका छन् । त्यसो त नेपालको संविधानसभालाई सम्बोधन गर्दा मोदीले नेपाल–भारतबीच रहेका समस्या राजनीतिक स्तरबाटै समाधान गर्ने अभिव्यक्ति दिएका थिए ।
त्यसको सुरुवात प्रबुद्व समूहको गठनबाट भएको छ । दुवै देशमा प्रवुद्व समूहका बीच सन् १९५० को सन्धी सम्बन्धी छलफल भएको छ । यो राम्रो कुराको सुरुवात हो ।
नेपाल–भारतबचि रहेको सन्धी, सम्झौतालगायत सीमा समस्यालाई पनि यसैगरी टेबुलमा बसेर समाधान गर्न सकियो भने दुई देशबीच सम्बन्ध त्यसै प्रगाढ बन्दै जानेछ ।
दुई देशबीच रहेका समस्या समाधान गर्न राजनैतिक स्तरबाट विगतका वर्षमा कुनै ठोस प्रयास नभएकै कारण कहिले सम्बन्ध सुध्रने कहिले बिग्रने गर्दै आएको थियो ।
प्रतिक्रिया