सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
५० पटक हेरिएको
Shares
सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
  • कायस्थ २०६२/६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको ¥यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कायस्थ २०६२/६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको ¥यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए ।

त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहेका उनको हिजो वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक सन्देशमार्फत जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिएका ‘जिउँदा सहिद’ कायस्थको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् ।

सभापति देउवाले आज प्राप्त भएको राजनीतिक उपलब्धि उनी र उनी जस्तै वीर सहिदहरुको अतुलनीय योगदानबाट सम्भव भएको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

उनले कायस्थप्रति श्रद्धाञ्जलि र आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

(https://www.sliderrevolution.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट
अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट
ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता
ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय