देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?

सारांश

  • काठमाडौँ, २८ साउन ।
  • वर्तमान सरकार आर्थिक रुपले अघिल्लो सरकार भन्दा मितव्ययी देखिएको छ ।
  • सरकारले सार्वजनिक गरेको पाँच महिने उपलब्धिमा पूर्ववर्ती सरकार भन्दा वर्तमान सरकार मितव्ययी भएको देखिएको हो ।

काठमाडौँ, २८ साउन । वर्तमान सरकार आर्थिक रुपले अघिल्लो सरकार भन्दा मितव्ययी देखिएको छ । सरकारले सार्वजनिक गरेको पाँच महिने उपलब्धिमा पूर्ववर्ती सरकार भन्दा वर्तमान सरकार मितव्ययी भएको देखिएको हो । पूर्ववर्ती सरकार र वर्तमान सरकारले वितरण गरेको आर्थिक सहायता, चन्दा र पुरस्कार (आसचपु) मा निकै अन्तर छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनाको अवधिमा २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरेको थियो भने नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गएको पाँच महिनाको अवधीमा २ करोड ४२ लाख मात्र वितरण गरेको छ ।

ओली गएको फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनी प्रधानमन्त्री भएको केही दिनमा ६ महिना पुग्दैछ । पाँच महिने उपलब्धि सार्वजनिक गर्ने क्रममा जारी गरिएको पुस्तिकामा गृह मन्त्रालयबाट आर्थिक सहायता, चन्दा, पुरस्कार अन्तर्गत २०७४ साउनदेखि पुससम्म २ हजार १ सय ८९ जनालाई २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरिएको’ उल्लेख गरिएको छ ।

यो सरकार बनेपछि २०७४ माघदेखि ०७५ असारसम्म, आन्दोलनका क्रममा जीवन गुमाएका ११ जनाको जनही रु १० लाखका दरले वितरण गरिएको १ करोड १० लाख सहित जम्मा २ करोड ४२ लाख मात्र वितरण भएको उल्लेख गरिएको छ । पुस्तिकामा यो सरकार बनेपछि २०७४ माघदेखि २०७५ असारसम्म’ भन्ने उल्लेख भएपनि ओली सरकार २०७४ फागुनमा मात्र बनेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    तेहि भयर त शेरेले गर्दा काङ्ग्रेसको बेईजेत भयाे नि । तेस्तै तेस्तै परिणामले गर्दा अब काङ्ग्रेसकाे याे हालत भयकाे छ । जनतालाई जानकार भया ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा
भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा
निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी अदालतमा
निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी अदालतमा
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
धनकुटा,बझाङ,को ताजा पारीणाम
धनकुटा,बझाङ,को ताजा पारीणाम
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी  (कसको कति ?)
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी (कसको कति ?)
आइस भित्र बसेर विश्व किर्तिमान
आइस भित्र बसेर विश्व किर्तिमान
कोरोनाबाट विश्वभर तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि

तपाईंले छुटाउनुभयो कि?