नेपाल बौद्ध संघले गर्यो विश्व शान्ति पूजा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेपाल बौद्ध संघले गर्यो विश्व शान्ति पूजा

सारांश

  • नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा सोमबार सम्पन्न भएको छ ।
  • काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा भएको पूजामा बौद्ध धर्मका त्रियान अन्तर्गतका महायान, बज्रयान र थेरवादका धर्मगुरुहरु सहभागि भई पूजामार्फत विश्व शान्तिको कामना गरेका थिए ।
  • विश्व शान्ति पूजा बौद्ध धर्मावलम्वीले विश्व शान्तिको कामना गर्दै सम्पुर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिको लागि गर्ने गरेका छन् ।

नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा सोमबार सम्पन्न भएको छ । काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा भएको पूजामा बौद्ध धर्मका त्रियान अन्तर्गतका महायान, बज्रयान र थेरवादका धर्मगुरुहरु सहभागि भई पूजामार्फत विश्व शान्तिको कामना गरेका थिए । विश्व शान्ति पूजा बौद्ध धर्मावलम्वीले विश्व शान्तिको कामना गर्दै सम्पुर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिको लागि गर्ने गरेका छन् ।

छोग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न पूजामा १३ जिल्लाबाट करिब ६ सय ५० लामा, भन्ते तथा आनीहरु सहभागि भएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । तीनवटै सम्प्रदायका धर्मगुरु तथा आनीहरुले फरक फरक स्थानबाट मन्त्रोच्चारण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि छोग्याल रिन्पोछेको स्वागतका चर्या नृत्य समेत प्रस्तुत गरिएको थियो । पूजामा सहभागि भएका धर्मगुरुहरुले संघले आयोजना गरेको पूजाले बौद्ध धर्मभित्र रहेका परित्राण, धर्मचक्रपर्वत्तन सुत्र, प्रज्ञा पारमिता लगायतको संरक्षणमा मद्दत पुग्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीकी पृथ्वीया भइन् मिसेस नेपाल वल्ड
इटहरीकी पृथ्वीया भइन् मिसेस नेपाल वल्ड
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
एमालेमा गुटैगुट : ‘१० भाइ’को झन बिजोग
एमालेमा गुटैगुट : ‘१० भाइ’को झन बिजोग
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?