डिपिएलको उपाधि अत्तरियालाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
डिपिएलको उपाधि अत्तरियालाई

सारांश

  • काठमाडौं ११,फागुन।
  • भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसी अत्तरियाले जितेको छ ।
  • शनिबार भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

काठमाडौं ११,फागुन।भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

अत्तरियाले उपाधिसँगै ३० लाख हात पारेको छ भने उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनाएको थियो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए ।

महेन्द्रनगरले दिएको १२३ रनको लक्ष्य अत्तरियाले मात्र एक बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टयो ।
एक समय ५४ रन जोड्दा ५ विकेट गुमाएको अत्तरियाको पारी सन्नी पट्टेलले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर सम्हाले । दुबैले छैटौं विकेटका लागि ३८ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत १७ रनमा आउट भए ।

तर, पट्टेलले आक्रामक पारी खेल्दै अत्तरियालाई उपाधि दिलाएका छन् । २६ बल सामना गरेका उनले तीन चौको र तीन छक्काको मदतमा नटआउट ४७ रन बनाए । उनी प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज दुबै बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा
न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा
नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
उपत्यकामा एकैदिन ७२३ संक्रमित थप
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
म्याग्दीको जलेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
म्याग्दीको जलेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज

तपाईंले छुटाउनुभयो कि?