कृष्णबहादुर महरालाई कारवाही गर्ने भयो नेकपाले !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
कृष्णबहादुर महरालाई कारवाही गर्ने भयो नेकपाले !

सारांश

  • संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणको आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा कारबाही गर्ने भएको छ ।
  • महराले पदीय हैसियत भुलेर नैतिक पतनको बाटो समातेकोमा नेकपाका शीर्ष नेताहरु उनीविरुद्ध रुष्ट छन् ।
  • नेकपा सचिवालय बैठकले उक्त प्रकरण मिडियामा आएसँगै आकस्मिक बैठक डाकेर तत्काल सभामुख र सांसद पदबाट राजीनामा दिलाउन सुझाएको थियो ।

संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणको आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा कारबाही गर्ने भएको छ । महराले पदीय हैसियत भुलेर नैतिक पतनको बाटो समातेकोमा नेकपाका शीर्ष नेताहरु उनीविरुद्ध रुष्ट छन् ।

नेकपा सचिवालय बैठकले उक्त प्रकरण मिडियामा आएसँगै आकस्मिक बैठक डाकेर तत्काल सभामुख र सांसद पदबाट राजीनामा दिलाउन सुझाएको थियो । तर, महराले गोलमोटल भाषा प्रयोग गरेर सभामुखबाट मात्रै राजीनामा दिएका थिए । उनको राजीनामा पत्रमा आफूले छानबिन प्रक्रियासम्मको लागि मात्रै राजीनामा दिएको

भाषा प्रयोग गरेका थिए । पछि, पार्टी्भित्रैबाट चौतर्फी विरोध भएपछि उनले सुटुक्क दोस्रो राजीनामा बुझाएका थिए । पार्टीले दिएको निर्देशन पालना नगरेको र अटेरी गरेर बसेको भन्दै नेकपाले महरालाई अुनशासनको कारबाही गर्ने भएको छ । महराले सरकारी सुविधा भने फिर्ता गरिसकेका छन् ।

अहिले उनी सभामुखको सरकारी निवासमै बसेपनि भाडाको घर खोजिरहेका छन् । तर, भनेजस्तो घर भेटाएका छैनन् । कतिपयले त महरालाई कोठा दिनै मुश्किल भयो भनेर पनि टिकाटिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?