वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?

सारांश

  • फिफा ‘वल्ड कप’ सुरु हुन अब धेरै घण्टा बाँकी छैन ।
  • ‘वल्र्ड कप’को प्रशंसक सबै रुस जाने सम्भव पनि रहेन ।
  • तर, ‘वल्र्ड कप’ प्रशंसकहरु निराश नहोस् भन्ने हेतुले भारतका सहरका रेष्टुरेण्ट र क्याफेहरुमा यस्तो मेनु तयार गरेका छन् ।

फिफा ‘वल्ड कप’ सुरु हुन अब धेरै घण्टा बाँकी छैन । ‘वल्र्ड कप’को प्रशंसक सबै रुस जाने सम्भव पनि रहेन ।

तर, ‘वल्र्ड कप’ प्रशंसकहरु निराश नहोस् भन्ने हेतुले भारतका सहरका रेष्टुरेण्ट र क्याफेहरुमा यस्तो मेनु तयार गरेका छन् । जसमा खेलाडि र टिम र देशको नाममा छ ।

हैदराबादको ‘पार्क होटल’ले खेलाडीको नामबाट विशेष व्यञ्जन तयार गरेको छ । ‘वल्ड कप’ प्रशंसकका लागि ‘लेव याशिन पिग्स इन ब्लैन्केट (रूस)’, ‘मुलर्स स्ट्राइकिङ ससेज एण्ड सायरक्राट टर्नओवर (जर्मनी), ‘नेइमार फ्री किक चिकन एण्ड पाम हार्ट पेस्ट्रीज (ब्राजील)’, ‘मेसमराइजिङ मेस्सीज कोर्न एण्ड चीज, एम्पाडास (अर्जेन्टिना)रहेको छ ।

त्यस्तै, कोलकतामा एउटा यस्तो बार बनाइएको छ । जुन ‘वल्र्ड कप’ हुने स्टुडियम जस्तै देखिन्छ । त्यो बारमा बसेर विश्व कप हेर्दा रुसमै पुगेर खेलको आनन्द लिए जस्तो हुने बारले जनाएको छ ।

‘वल्र्ड कप’ प्रशंसकको भावनालाई ध्यानमा राख्दै कोलकताको एक रेष्टुरेण्टमा पिज्जाको नाम ‘वल्र्ड कप’ मा खेल्ने देशहरुको नाम राखेको छ । त्यहाँ फुटबलप्रेमीका लागि पोर्चुगल, जर्मन मैजिक, बेल्जियम रश, फ्रेन्च कनेक्शन, अर्जेटिन्ना ऊज्ज र ब्राजिलियन ट्रिट नामका पिज्जा अर्डर गर्न सकिन्छ । ‘पिज्जा र पिचर बियर’को ४९९ मा उपलब्ध गराइएको छ ।

कोलकातास्थित ‘चायब्रेक रेस्टुराँ’ले खेलाडीको नाममा मेनु तयार गरेका छन् । जसमा मेसी म्याजिक कालजोन पिज्जा र रोनाल्डो किक म्याक्सिकन क्यूसेडिला समावेश छन् ।

मुम्बई, कोलकता, दिल्ली र बैग्लरस्थित ‘मङ्की बार’ले पनि एक महिने ‘वल्र्ड कप’ का लागि ‘हाफ टाइम’ नामको मेनु बनएको छ । जसमा ‘फुटबल फरसन’, ‘मेक्सिकन वेव’, ‘कान्स हट डग’ र ‘नम्बर १०’ नामको खाना समेटिएको छ ।

(एजेन्सीबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?