प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी

सारांश

  • काठमाडौं, १३ फाल्गुन ।
  • नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले प्रदेश नं.
  • ४, ५ र ६ लाई मगरात नामकरण गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं, १३ फाल्गुन । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले प्रदेश नं. ४, ५ र ६ लाई मगरात नामकरण गर्नुपर्ने माग राखेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिले २६ औं राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रोकामगरले त्यस्तो माग गरेका हुन् ।

अध्यक्ष रोकामगरले मगर जातिको थाँतथलो मगरात भूमिलाई तीनवटा चिरा पारेकोमा संघको आपत्ति रहेको बताए । उनले मगरात आदिभूमिलाई एकै ठाउँमा केन्द्रित गरी मगरात कलस्टर मिलाउन राज्यलसँग माग गरे । आफूहरुको मागको नसुनिए त्यसको नतिजा राम्रो नहुने उनले चेतावनी दिए । उनले थपे, “माग नसुनिए दवावस्वरुप हामीले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नेछौं ।”

यही फागुन १५, १६ र १७ गते काठमाडौंको खुलामञ्चमा २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन हुने जानकारी पनि त्यस अवसरमा दिइएको थियो । २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको उदघाटन फागुनको १५ गते काठमाडौको खुलामञ्चमा हुनेछ भने १६ र १७ गतेको बन्दशत्रलगायत अन्य कार्यक्रमहरु मगर संघकै हलमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?