प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
सारांश
- काठमाडौं, २६ पुस ।
- प्रा.
- डा.
काठमाडौं, २६ पुस । प्रा.डा. गोविन्द केसीले आफू जेल जान तयार रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्ने चेतावनी दिएका छन् ।
डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार डा. केसीले भनेका छन्, “मेरो मायाले छाड्नु पर्दैन । जहिलेसम्म उनले राजीनामा गर्दैनन् वा हटाइँदैन वा उनीमाथि छानविन हुँदैन, तबसम्म अनसन बस्छु, जेलमा भएपनि अनशन बस्छु ।”
अदालतको अवहेलना मुद्दामा पक्राउ गरिएका डा. गोविन्द केसीले आफूलाई न्याय दिने हो भने प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न आग्रह गरेका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहस सकिएको छ । र, आजै आदेश आउने बताइएको छ ।
बहसको अन्तमा डा. केसीले आफ्नो वकिलमार्फत एक मिनेट समय मागेर बोलेका थिए । उनले “मेरो मुख हेर्नु पर्दैन, मेरो कुनै याचना पनि छैन । हिरासतमै राखे पनि राख्नुुस्” भनेका थिए ।
प्रतिक्रिया