अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
१८ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम

सारांश

  • काठमाडौँ १३ साउन l अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
  • सुरुवाती कारोबारमा उच्च रुपले बढेको सुनको मूल्य कारोबारका क्रममा केही घटेपनि रेकर्ड जारी गर्ने क्रममा नै रहेको छ ।
  • बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य मंगलबार प्रतिअउन्स एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ ।

काठमाडौँ १३ साउन l अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुरुवाती कारोबारमा उच्च रुपले बढेको सुनको मूल्य कारोबारका क्रममा केही घटेपनि रेकर्ड जारी गर्ने क्रममा नै रहेको छ । बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य मंगलबार प्रतिअउन्स एक हजार ९४७ डलरमा कारोबार भइरहेको छ । सुरुवाती कारोबारमा सुनको मूल्य ४० डलरभन्दा धेरैले बढेर एक हजार ९८० डलरको बिन्दु पार गरेको थियो ।

पछिल्लो केही दिनदेखि सुनको मूल्य उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्ने क्रममा रहेको छ । अमेरिका र चीनका बीचको सम्बन्ध बिग्रिदै गएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।

विश्व बजारका लगानीकर्ताहरु कम जोखिम रहेको अर्थात् सुरक्षित लगानीको क्षेत्रका रुपमा रहेको सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य उच्च रुपमा बढ्न पुगेको बताइएको छ ।(मेरोलागानी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?