१३ औं सागः अहिलेसम्म नेपालले कुन खेलमा कति पदक जित्यो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
१३ औं सागः अहिलेसम्म नेपालले कुन खेलमा कति पदक जित्यो ?

सारांश

  • आइतबारदेखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म छ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।
  • पदक हात पार्ने क्रममा करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्।
  • सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् ।

आइतबारदेखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म छ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ। पदक हात पार्ने क्रममा करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्। सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् ।

श्रेष्ठले पाकिस्तानका खेलाडीलाई फाइनलमा हराएर स्वर्ण पदक पक्‍का गरे। फाइनलमा मण्डेले २५.७२ अंक ल्याए भने पाकिस्तानका खेलाडी नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए।यसअघि १२ औँ सागमा नेपालले यस प्रतियोगितामा भाग लिएको थिएन ।

यस्तै, महिला टिम कातामा स्वर्ण पदक जितेको छ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर र शरु कार्की रहेको समूहले स्वर्ण जितेको हो। महिला टिम कातामा पाकिस्तानले रजत जितेको छ। नेपालले २४‍.८८ अंक प्राप्त गर्‍यो भने पाकिस्तानले २३.३ अंक हात पारेको हो।

यस्तै, करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको छ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष टिमतर्फबाट कातामा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो।

काता खेलाडी मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो। करातेमा नेपालको यो तेस्रो स्वर्ण हो ।

यस्तै, तेक्वान्दोबाट नेपालले पहिलो स्वर्ण पदक पाएको छ। करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन्।

यस्तै, ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। सोमबार पोखरामा महिलातर्फ भएको प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।

नेपालले साग खेलकुदअन्तर्गत ट्रायाथोलनमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो । रजत र कास्य पदक भारतका सोरोजिनीदेवी र प्रग्न्या मोनानले जितेका छन्। यस्तै, तेक्वान्दो खेलमा सिना लिम्बू मादेनले स्वर्ण दिलाएकी छिन्।

यस्तै, नेपालकी चञ्चला दनुवारले महिला एकल कातामा रजत पदक जित्न सफल भइन्। चञ्चलाले फाइनलमा पाकिस्तानकी सइदासँग पराजित भइन्। यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी थिइन्।

त्यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?