प्रधानमन्त्रीको दोस्रो डाइलासिस सकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको दोस्रो डाइलासिस सकियो

सारांश

  • उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डाइलासिस सकिएको छ ।
  • अस्पताल स्रोतका अनुसार उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको हो ।
  •  स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डाइलासिस बुधबार नै गरिएको थियो ।

उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डाइलासिस सकिएको छ । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डाइलासिस बुधबार नै गरिएको थियो ।

प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छैनन् ।

बुधबार साँझ ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि फर्किने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?