बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! सत्य के हो ?
सारांश
- बलिउड अभिकाठमाडौं।
- पछिल्लो समय बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको गिरफ्तारीको खबर निकै चर्चामा छ ।
- उनलाई पक्राउ गर्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
बलिउड अभिकाठमाडौं। पछिल्लो समय बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको गिरफ्तारीको खबर निकै चर्चामा छ । उनलाई पक्राउ गर्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीलाई ल्भिर रंगको शिमर ड्रेसमा देखिन्छ । उनी कतैबाट आउँदैछिन् ।
लगत्तै उनीजस्तै कपडा लगाएकी युवतीलाई पुलिसले पक्राउ गरिरहेको देखिन्छ । पक्राउ परेकी युवतीको अनुहार नदेखिएकोले यी सोनाक्षी नै हुन् भन्ने सकिन्न तर आवाज भने सोनाक्षीकै सुनिन्छ ।
https://www.instagram.com/p/B0z3l_Nn9fN/?utm_source=ig_web_copy_link
सुनिने आवाजमा सोनाक्षीले आफूलाई पक्राउ गरिएकोमा प्रतिवाद गरेकी छिन् । उनले भनेकी छिन् ‘तिमी मलाई यसरी पक्राउ गर्न सक्दैनौ । के तिमीलाई थाहा छ म को हुँ । मैले केही गरेकी छैन । तिमी मलाई कसरी गिरफ्तार गर्न सक्छौ ?’सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् ।
https://www.instagram.com/p/B0z2KhcnznZ/?utm_source=ig_web_copy_link
उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।

प्रतिक्रिया