दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध ६ रिट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ३, २०७८
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
  • अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएका छन्।
  • श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएका छन्। श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। दर्ता भएका सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

सरकारले ल्याएको अध्यादेशमा पार्टी विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने प्रावधान छ। यसअघि कुनैपनि राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो।

नेकपा एमालेको माधव कुमार नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई लक्षित गरी उक्त अध्यादेश ल्याइएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?