अज्ञात रोगले थलिनुभएकी अरुणा श्रेष्ठको अपिल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अज्ञात रोगले थलिनुभएकी अरुणा श्रेष्ठको अपिल

सारांश

  • बनियानी, झापा, २१, झापा भद्रपुर नगरपालिका–३ भीमनगरकी २७ वर्षीया अरुणा श्रेष्ठ अज्ञात रोगले थलिनुभएको छ ।
  • नौ वर्षकै उमेरमा शरीर विस्तारै कमजोर हुँदै गएका कारण अहिले उहाँ पूर्णरुपमा असशक्त बन्नुभएको हो ।
  • अरुणा अहिले न हिँडडुल गर्न सक्नुहुन्छ न त राम्रोसँग बोल्न नै ।

बनियानी, झापा, २१, झापा भद्रपुर नगरपालिका–३ भीमनगरकी २७ वर्षीया अरुणा श्रेष्ठ अज्ञात रोगले थलिनुभएको छ । नौ वर्षकै उमेरमा शरीर विस्तारै कमजोर हुँदै गएका कारण अहिले उहाँ पूर्णरुपमा असशक्त बन्नुभएको हो ।
अरुणा अहिले न हिँडडुल गर्न सक्नुहुन्छ न त राम्रोसँग बोल्न नै । ‘‘उपचारका लागि धेरै ठाउँ धाएँ, न रोग पत्ता लाग्यो न त उपचार नै भयो’’, आफ्नो पीडा सुनाउँदै उहाँले भन्नुभयो, “सक्दो उपचार गरियो तर अहिले आर्थिक अभावले घरमै थलिएर बसेकी छु ।”
अरुजस्तै हिँडडुल गर्ने, हाँसखेल गर्ने इच्छा त थियो भन्दै उहाँले आग्रह गर्नुभयो, “आर्थिक सहयोग पाएर उपचार गर्न सके निको हुन्थेँ होला ।” मर्नु न बाँच्नुको अवस्थामा रहनुभएकी अरुणाले मनकारीसँग सहयोगको याचना समेत गर्नुभयो ।
निर्वाचन ताका भोट माग्नेहरुले आश्वासन दिए पनि त्यसपछि नआएको अरुणाको गुनासो थियो । ‘भोट माग्न आउँदा उपचारमा सहयोग गर्ने आश्वासन पाएकी थिएँ’, उहाँले भन्नुभयो, “भोट माग्न आउने अहिले कता हराए, मैले सहयोग पाइन ।”
अरुणाको उपचारका लागि ठूलै खर्च गरेको आमा दमन्ता ताम्राकारले बताउनुभयो । “शुरुमा उपचारका लागि मेचीअञ्चल अस्पताल लगियो तर त्यहाँको औषधिले काम नगरेपछि व्यायाम र झारपूmकबाट उहाँको रोग निको बनाउने प्रयास गरियो”, उहाँले भन्नुभयो, “त्यसपछि उपचारका लागि नेपाल हुँदै भारतका विभिन्न अस्पताल लगियो, कसैले रोग पत्ता लगाउन सकेनन् । आर्थिक समस्या भएकाले थप उपचारका लागि अब कहीँ लान सक्ने स्थिति भएन ।”
केही वर्षअघि वैवाहिक जीवनमा बाँधिनुभएकी अरुणाले श्रीमान्ले समेत साथ छोडेका छन् । उहाँले भन्नुभयो, “बिरामी परेपछि जीवनभरसँगै बाँच्ने कसम खाएका श्रीमान्ले पनि छाडेर अर्कै विवाह गरे ।’’ अरुणा अहिले माइतीको शरणमा हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने
महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने
पहिराेमा परी दुर्इजना बेपत्ता !
पहिराेमा परी दुर्इजना बेपत्ता !
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय
राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने
६५ प्रतिशत जनता स्वास्थ्य सेवाको पहुँच बाहिर
६५ प्रतिशत जनता स्वास्थ्य सेवाको पहुँच बाहिर