प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ

सारांश

  • काठमाडौं, ३ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • गण्डकी प्रदेशको संसद बैठकलाई सम्बोधन गर्न बिहीबार प्रधानमन्त्री ओली पोखरा पुगेका हुन् ।

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेशको संसद बैठकलाई सम्बोधन गर्न बिहीबार प्रधानमन्त्री ओली पोखरा पुगेका हुन् ।

निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समेत निरीक्षणमा पोखरा पुगेका प्रम ओलीलाई गण्डकी प्रदेश सभाको गेटमा बसेर उनीहरुले कालो झण्डा देखाउन खोजेका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु नेविसंघनिकट र नयाँशक्तिसँग आवद्ध विद्यार्थीहरु रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेशको संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्धारित समयभन्दा २ घन्टा ढिला गरी प्रदेश सभा पुगेका प्रम आजै पोखरा विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुनेछन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन पनि गरेका थिए ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Sher Bista

    Kp oli bhaner hurukkai hune hamilai k deyoo kar vat ko bhari yiniharu ko samarthan garnu bhanda t…….

    Comment Author

    Ganesh Shakya

    हैन जन्मेदेखी सबै नेपाली पन्चे भने झै सब नेपाली बामे नै भन्थान्छ कि के हो ?

    Comment Author

    Chiran Chetri

    सिधेई गोलि हान्न होउ
    के जाबो झन्डा देखाको होला
    के हुन्छ होउ छि
    2 4 जाना नेता उडान होउ
    अनि खुल्छ चेत

    Comment Author

    Shivanath Maharjan

    Kalo topi launu hunchha, Kalo jhanda herdai ma ke pharak parchha hola ??? Samatnu parne kehi adhar chhaina.

    Comment Author

    Gobind Saud

    Good news

    Comment Author

    Daimond Dhakal

    यस्ता लाइ केको लाज अुखान टुक्का
    ले देश चल्दैन

    Comment Author

    Pradip Raj

    Ha ha neta udaune tyo Pani cangres ka challa le yesto gatibidhi le kahile hamro desma rajnitik sthirata aauxa. ? Sarkar vaneko 5 giraune banaunu ani bipakxile vane jasto Kam garne rajniti padha Baba cangres ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?