भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने

सारांश

  • काठमाडौं, असार २३ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतगणनाका विषयमा सर्वोच्च अदालतमा आउँदो सोमबार मात्र सुनुवाई हुँदैछ ।
  • न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा यो मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नभ्याईएको सर्वोच्च अदालतले जनाएको छ ।
  •   निर्वाचन कार्यालयले च्यातिएका मतपत्र सहितका कागजात सर्वोच्चमा बुझाइसकेको छ ।

काठमाडौं, असार २३ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतगणनाका विषयमा सर्वोच्च अदालतमा आउँदो सोमबार मात्र सुनुवाई हुँदैछ ।

न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा यो मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नभ्याईएको सर्वोच्च अदालतले जनाएको छ ।  निर्वाचन कार्यालयले च्यातिएका मतपत्र सहितका कागजात सर्वोच्चमा बुझाइसकेको छ ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा नेकपा माओवादीका प्रतिनिधिले जेठ १४ गते राती मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेको थियो ।  तर आयोगको त्यो निर्णयविरुद्ध भरतपुर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले अदालतमा रिट दायर गर्नुभएको थियो ।

यो वडाको २८६८ मत मध्ये १८ सय मत गनेर नतिजा सर्वाजनिक गर्दासम्म भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल, नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा ७ सय ३३ मतले अघि हुनुहुन्थ्यो ।  थप ४ सय मत गणना भएको र त्यसको नतिजा सार्वजनिक हुनुअघि नै माओवादीका प्रतिनिधले मतपत्र च्यातेका थिए । १९ नम्बर वडापछि २० नम्बर वडाको मात्र मतगणना गर्न बाँकी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
Women For Marriage – Why Are They Become Popular At this time?
सरकारले देशभर व्यक्तिले हडपेका जग्गा फिर्ता गर्ने
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
यसकारण दिएनन् गृहमन्त्रि थापाले सांसदहरुले सोधेको प्रश्नको जवाफ
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली
साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली
कहिले हुन्छ बेपत्ता भएकाहरुकाे ‘श्वास\लाश’ सार्वजनिक ?
प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे
प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे