प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
सारांश
- १० मंसिर, झापा ।
- नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद खोसेर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।
- आइतबार बिर्तामोडमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको वेला उम्मेदवार माथिको हमलाले मुलुकमा गृहमन्त्रीको अनुभूति नभएको बताए ।
१० मंसिर, झापा । नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद खोसेर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।
आइतबार बिर्तामोडमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको वेला उम्मेदवार माथिको हमलाले मुलुकमा गृहमन्त्रीको अनुभूति नभएको बताए ।
‘यो संवेदनशिल घडीमा एक व्यक्ति प्रधानमन्त्री र गृहमन्त्री हुनु नै दुर्भाग्य हो’, उनले भने, ‘यो वेला मुलुकमा सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ ।’
उम्मेदवारको घरमा वम हान्ने, मतदातालाई त्रसित बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउनेभन्दा पनि भ्रमको खेती गर्न व्यस्त भएको सुनाए ।
उनले सुरक्षा व्यवस्था मजबुद बनाउन समेत आग्रह गरे ।
२२ गते नजिकिएकाले कांग्रेसको सातो गएको भन्दै उनले नआत्तिन सुझाव दिए । उनले भने, ‘वाम गठबन्धनले अस्थिरताको समाप्त गर्नेछ ।’
इलाममा प्रदेश र प्रतिनिधिसभामा वामपन्थी उम्मेद्वारको विजय निश्चित भएको उनको भनाइ थियो । नेता नेम्वाङले वामपन्थीको सरकार निर्माण गरेर स्थिर सरकारमार्फत मुलुकको विकास गर्नेे बताएका छन् ।
उनी इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
Bishnu Sitaula
हो नि…..!?
Sudan Karki
Khoya
Manoj Lamichhane
पद पो खोस्या हो त , सुरक्षा लाई त त्यॉ नै छोडेर आको हो नी?
Dhiraj Jayswal
good
Netra Ghimire
यिनले जिते देशले के पाउला नि?
Siromani Pokharel
Dhami pani aaphai boksipani aaphai bhae pachhi rogt kaha niko hunchhar bhanya. Janatalai keko surakchya.bhot ko surakchya deuwa lai kasle garne bhachha are.