प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड

सारांश

  • चितवन।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्।
  • प्रेस सङ्गठन चितवनले यहाँ शक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले यहाँ शक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।

पत्रकारको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो– “म अहिले त्यतातिर जानै चाहान्न। मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन। कसैले पनि सक्दैनन्।”

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको प्रचण्डको भनाइ थियो। अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको प्रचण्डको भनाइ थियो। उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको उनले बताए। उनले भने, “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ। त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु।” प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको भन्दै उनले मैले ल्याएर केके गरे भन्ने तपाईहरुलाई थाहा नै छ नी भने। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया भएको उनले टिप्पणी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी
सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री
सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री
नेपाल कतारसँग पराजित
नेपाल कतारसँग पराजित
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
क्यानको विशेष साधारणसभा हुँदै
क्यानको विशेष साधारणसभा हुँदै
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली
मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी