भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्द, दुवै टिमलेअंक बाँडे

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण रद्द, दुवै टिमलेअंक बाँडे

सारांश

  • काठमाडाैं।
  • बर्षाले भारत र पाकिस्तानबीचको एसिया कपको खेल रद्द भएको छ ।
  • लगातार बर्षा भएपछि पाकिस्तानले आफ्नो ब्याटिंग शुरु नै नगरी खेल रद्द भएको हो ।

काठमाडाैं। बर्षाले भारत र पाकिस्तानबीचको एसिया कपको खेल रद्द भएको छ । लगातार बर्षा भएपछि पाकिस्तानले आफ्नो ब्याटिंग शुरु नै नगरी खेल रद्द भएको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएर पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले । खेलको सुरुवाती चरणमा १४ दशमलब १ ओभरमा ६६ रन बनाउॅंदा ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए ।

श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेल रद्ध भएसँगै दुबै टोलीले एक-एक अंक बाँडेका छन् । यससँगै समुह ए बाट पाकिस्तान २ खेलमा ३ अंकसहित एशिया कपको सुपर चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

भोलि नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?