कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।

कोशीका लागि सुजन थपलियाले एक सय पाँच रनको योगदान गरे । उनले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय पाँच रनको योगदान गरेका हुन् । यसैगरी, अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए ।

सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे । पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई–दुई विकेट झारे । त्यसैगरी, राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक–एक विकेट लिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?