नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन

सारांश

  • काठमाडौं, २ चैत- नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेको छ।
  • नेपालले पहिलोपटक आईसीसी एकदिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पारेको हो।
  • बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने बाटो खोलेको छ।

काठमाडौं, २ चैत- नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेको छ। नेपालले पहिलोपटक आईसीसी एकदिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पारेको हो।

बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने बाटो खोलेको छ। बिहीबारै भएको अर्काे खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले एकदिवसीय टोलीको मान्यता पक्का गरेको हो। हङकङले नेदरल्यान्ड्सलाई हराएको भए एकदिवसीय टोलीको मान्यता पक्का गर्न शनिबार हुने खेलमा नेपालले हङकङलाई हराउनुपर्ने हुन्थ्यो।

नेपाली टोलीले आफ्नो २२ बर्से अन्तर्राष्ट्रिय यात्रामा सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को माथिल्लो स्थानको यात्रा पक्का गरेको छ। यससँगै नेपालले ११ वर्षपछि पुनः सेतो जर्सीमा चारदिवसीय इन्टरकन्टिनेन्टल कप पनि खेल्ने छ। इन्टरकन्टिनेन्टल कप ५० ओभरको क्रिकेटमा एसोसिएट टोलीहरूले खेल्ने आईसीसीको सबैभन्दा ठूलो प्रतियोगिता हो। नेपालले सन् २०१९ देखि २०२१ सम्म हुने इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि इन्टरकन्टिनेन्टल कपको सुरुवाती तीन संस्करणमा प्रतिस्पर्धा गरेको थियो। यद्यपि सन् २००६÷००७ को प्रतियोगितापछि भने नेपाल असफल बन्दै आएको थियो।

सन् २०१४ मा टीट्वेन्टी विश्वकप खेलिसकेको नेपालका लागि अवसर र आईसीसीबाट प्राप्त हुने अनुदानको दृष्टिकोणबाट पनि यो निकै ठूलो उपलब्धि हो। नेपालले एकदिवसीय टोलीको मान्यताप्राप्त गरेसँगै आईसीसीबाट आगामी चार वर्षसम्म सात करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने छ, जुन नेपाली क्रिकेटको विकासका लागि निकै महत्वपूर्ण हुनेछ। जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा एसोसिएट टोलीमध्ये शीर्ष तीन स्थानमा रहने (नेदरल्यान्ड्सबाहेक) टोलीले आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने प्रावधान छ। स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि यही प्रतियोगितामार्फत एकदिवसीय टोलीको मान्यता पाएका छन्।

नेपालसँग सन् २०१४ मा पनि एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने अवसर थियो। यद्यपि त्यसबेला सहभागी १० टोलीमध्ये नवौं स्थानमा पुगेपछि नेपालले एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने अवसर मात्रै गुमाएन, सीधै डिभिजन-३ मा घटुवा पनि भयो। नेपाली टोलीलाई पछिल्लो आठ वर्षको अवधिमा डिभिजन-५ बाट डिभिजन-१ हुँदै एकदिवसीय टोलीको मान्यतासम्म पुर्‍याउने कप्तान पारस खड्काले पनि सामाजिक सञ्जालबाटै खुसी व्यक्त गरेका छन्। ‘समर्थनका लागि सबैलाई धन्यवाद। वर्षाैंवर्षको दुुःख, संघर्ष, मिहिनेत र त्यागपछि हामी एकदिवसीय टोली बनेका छौं’, पारसले ट्विट गरेका छन्, ‘नेपाली क्रिकेटको यो अविश्वसनीय यात्राको साक्षी बन्नुभएका सबैलाई बधाई दिन चाहन्छु।’

सर्वाधिक सफल कप्तान

खेलाडी र नेतृत्वको हैसियतले टोलीलाई एकपछि अर्काे सफलतातर्फ डोहोर्‍याएका पारस खड्का नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान दरिएका छन्। उमेर समूहदेखि नै नेपाली टोलीबाट खेल्दै आएका पारसले नेपाली सिनियर टोलीलाई टीट्वेन्टी विश्वकप मात्रै खेलाएनन्, ५० ओभरको क्रिकेटमा डिभिजन-५ देखि डिभिजन-१ सम्मको यात्रा गराएका छन्।

उनकै प्रदर्शन र नेतृत्वमा नेपाली टोलीले बिहीबार एकदिवसीय टोलीको मान्यता पनि पक्का गरेको छ। नेपाली टोलीका यी सबै सफलतामा कप्तान पारसले मैदानभित्र गर्ने निर्णय मात्रै सफल भएको छैन, बल र ब्याटबाट उनले पुर्‍याएको योगदान पनि निर्णायक बन्दै आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Chakra Pani Baral

    ???????????????

    Comment Author

    Rajendra Maharjan

    Badhai cha Nepali Cricket Team lai ?? .

    Comment Author

    Pemba Kirung Khamba Sherpa

    congratulation

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?