धनुषामा ७ वर्षीया बालिका बलात्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
धनुषामा ७ वर्षीया बालिका बलात्कृत

सारांश

  • जनकपुर,३ पुस ।
  •  धनुषामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन्।
  • गणेशमान चारनाथ नगरपालिका ५ बस्ने बालिकालाई चकलेटको लोभ देखाई बलात्कार गरेको आरोपमा स्थानीय २५ वर्षीय रोशन बस्नेत पक्राउ परेका छन्।

जनकपुर,३ पुस । धनुषामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन्। गणेशमान चारनाथ नगरपालिका ५ बस्ने बालिकालाई चकलेटको लोभ देखाई बलात्कार गरेको आरोपमा स्थानीय २५ वर्षीय रोशन बस्नेत पक्राउ परेका छन्।

सोमबार साँझ बस्नेतले बालिकालाई चकलेट दिने बहानामा घरबाट बोलाई उखुघारीमा लगेर बलात्कार गरेको पीडित परिवारजनले बताए।

इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक सरोज राईले बलात्कृत बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको हुँदा स्थानीय स्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको बताए।

अबेर रातिसम्म नआएपछि छिमेकीहरुसँग गुहार मागेर खोज्दै जाँदा उखुघारीमा उनी रगताम्मे अवस्थामा निर्वस्त्र फेला परेकी थिइन्। बस्नेतलाई हिरासतमा राखी जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?