प्रधानमन्त्री ओलीको आज डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको आज डिस्चार्ज

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
  • उनलाई आजै डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनलाई आजै डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।

ओली मृगौला प्रत्यारोपणपछि अस्पतालमै रहँदै आएका थिए । उनलाई १९ फागुनमा भर्ना गरी २१ फागुनमा मृगौला प्रत्यारोपण गरिएको थियो ।मृगौलाको सफल प्रत्यारोपणपछि ओली अस्पतालमा चिकित्सकको निगरानीमा थिए । उनको अवस्था सुधार भएपछि डिस्चार्ज गर्न लागिएको जनाइएको छ ।

दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका ओली पूरा सक्रिय हुन अझै महिना दिन लाग्नसक्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?