‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन्।
  • सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन्।

सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन्। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ।

‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ’, सामाजिक सञ्जालबाट सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्।

नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ। कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनले बताए। नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना
सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
असुरक्षाका कारण हामी वीरगञ्ज नगएका हौँ : यादव
असुरक्षाका कारण हामी वीरगञ्ज नगएका हौँ : यादव

तपाईंले छुटाउनुभयो कि?