केपी ओलीले चाहनुभयो भने हामी सरकारमा सहभागि हुन तयार छौँ : उपेन्द्र यादव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४० पटक हेरिएको
Shares
केपी ओलीले चाहनुभयो भने हामी सरकारमा सहभागि हुन तयार छौँ : उपेन्द्र यादव

सारांश

  • फागुनको दोस्रो हप्तामा नयाँ सरकार बन्ने भएको छ ।
  • एमाले र माओवादीबिचको गठबन्धनले सरकार बनाउने चर्चा छ ।
  • तर दुई दलले पार्टी एकता नै गर्ने दाबी गर्दै आए पनि तत्कालका लागि एकता टरेको नेताहरुले बताउन थालेका छन् ।

फागुनको दोस्रो हप्तामा नयाँ सरकार बन्ने भएको छ । एमाले र माओवादीबिचको गठबन्धनले सरकार बनाउने चर्चा छ । तर दुई दलले पार्टी एकता नै गर्ने दाबी गर्दै आए पनि तत्कालका लागि एकता टरेको नेताहरुले बताउन थालेका छन् । नीति र पदीय व्यवस्थापनमा सहमति नहुँदा सरकार बनाउने कुरा पनि प्रभावित हुने कतिपयको आशंका छ । एमालेले मधेशवादी दलसँग मिलेर माओवादीलाई पाखा लगाएर नयाँ सरकार बनाउने चर्चा पनि छ ।

प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राजपाबिचको संयुक्त सरकार बन्ने पक्का भएको छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेका छन् । यादवसँग लिइएको अन्तर्वार्ताको बाँकी सम्पादित अशं :

संघीय समाजवादी फोरम नयाँ बन्ने केन्द्रिय सरकारमा सहभागि हुन लागेको हो ?
सरकारको नेतृत्व गर्ने नेकपा एमालेले अनुकुल वातावरण बनाउन सके हामी सरकारमा सहभागि हुन्छौँ । हामीले उठाउँदै आएको संविधान संशोधनको मुद्दाप्रति एमाले सकारात्मक रुपमा स्पष्ट भएर आए हामी सरकारमा जाने बाटो खुल्छ । तर एमाले र माओवादी मिल्दा सरकार बनाउनका लागि हाम्रो आवश्यक पर्दैन । तथापी राष्ट्रिय समस्या समाधान गर्ने र हाम्रो पनि सहयोग लिने हो भने हामी सहयोग गर्न तयार छौँ । एमाले पनि संविधान संशोधन गर्न तयार छ त ।

तपाईले केपी शर्मा ओलीसँगको भेटमा यि विषयमा कुरा भएको छैन ?

राजनीतिक सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्छ । उहाँहरुले चाहनुभयो भने सरकारमा सहभागि हुने र संविधान संशोधन गर्ने कुरा सम्भव छ । सरकारमा जाउँ भनेर मात्रै हुँदैन, संविधान संशोधन पनि गर्छु भन्नुपर्छ । त्यसपछि हामी हात मिलाएर जान तयार छौँ ।

तपाई केपी ओलीसँग हात मिलाएर सरकारमा सहभागि हुन तयार हुनुहुन्छ ?

तयार छौँ । तर एमाले पनि संविधान संशोधन गरेर माग पूरा गर्न तयार हुनुपर्छ ।

एमाले र माओवादीबिचको पार्टी एकता केही समयका लागि टरेको छ । यस्तो अवस्थामा एमालेले राजपा र फोरमलाई लिएर सरकार बनाउनुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ । यसमा तपाईको धारणा के छ ?

खै यो विषयमा औपचारिक रुपमा कसैसँग केही कुरा भएको छैन । उहाँहरुको मनमा भएको कुरा त कसरी थाहा पाउने ? तर माओवादीलाई पर राखेर हुँदैन । माओवादी र एमाले मिलेर चुनाव लडे, स्थिर सरकार दिन्छाँै भनेर जनतालाई आश्वासन दिए, तर अहिले फेरी रङ्ग बदल्ने हो भने देश र जनताले के भन्छ ? त्यसैले म त एमाले र माओवादीबिचको गठबन्धनले नै सरकार बनाउनुपर्छ भन्ने पक्षमा छु । जनताको मतलाई सम्मान गर्नुपर्छ । एकथोक भनेर भोट माग्ने, अर्को थोक गर्ने गर्नु हुँदैन । पार्टी एकता हुन नसके पनि सरकार चाँही दुई दल मिलेर नै बनाउनुपर्छ ।

नेपालका राजनीतिक दल र तिनका नेताहरुले जनमतको कदर गर्न त जान्दैनन् नि ?

राजनीतिक दल र तिनका नेताहरुले जनमतको कदर गर्न सिक्नुपर्छ । नत्र भने मुलुक बर्बाद हुन्छ । व्यक्तिगत र गुटगत स्वार्थमा मात्रै रुमल्लिदा धेरै देश बर्बाद भएका छन् । त्यसैले जनादेश अनुसार एमाले र माओवादीबिच अगाडि बढ्नुपर्छ । दुईवटै कम्युनिष्ट पार्टी हुन् । मिल्नुपर्छ । के कसरी मिल्ने भन्ने प्राविधिक कुरा हुन् । म केही भन्दिन ।

एमाले र माओवादीबिच कुरा मिलेन र माओवादी सरकार बाहिर बस्यो भने तपाईहरु एमालेलाइ साथ दिएर सरकारमा जाने कि नजाने ?

यदी एमालेले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने, संविधान संशोधन गर्ने कुरामा सहमत भयो भने हामीलाई सरकारमा सहभागि हुन कुनै आपत्ति छैन । देशलाई समृद्धिको बाटोमा लैजाने र जनताको समस्या समाधान गर्न तयार हुने हो भने हामी पनि हात मिलाउन तयार छौँ ।

प्रदेश नम्बर दुईमा तपाईको दलले सरकार बनाउँदै छ । मुख्यमन्त्री लालबाबु राउत हो ?

लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको मुख्यमन्त्रीकै लागि हो । राजनीतिमा जे पनि सम्भव र असम्भव छ । अन्यथा भएन भने उहाँ नै मुख्यमन्त्री हो । तर म भन्छु हाम्रो पार्टीबाट संसदीय दलका नेता लालबाबु राउत नै मुख्यमन्त्री बन्नुहुन्छ ।

राजपाले साथ देला कि नदेला ?

यो राजपामाथि नै निर्भर छ । तर राजपाले साथ दिए पनि नदिए पनि मुख्यमन्त्री लालबाबु राउत नै हो ।

राजपाले पनि मुख्यमन्त्री आलोपालो बन्नुपर्छ भनेको छ नि ?

यो राजनीतिको विकृति र विसंगति हो । आलोपालो गर्ने भनेको विकृति हो । मुलुकलाई डुबाउने काममा हामी लाग्दैनौँ । प्रदेश नम्बर दुईमा समस्या समाधान गर्न सक्ने स्थिर, सक्षम र सबल सरकार चाहिन्छ । आलोपालो गर्ने कुरालाई हामीले ठाडै अस्विकार गरेका छौँ । काले काले मिलेर खाउँ भन्ने कुराले जनताको हित हुँदैन । एउटै सरकार पाँच वर्षका लागि हुनुपर्छ ।

तपाईहरु राजपालाई सभामुख दिन तयार हो ?

हो । राजपालाई सभामुख दिन हामीलाई कुनै अप्ठ्यारो छैन । हामी सबै आफैलाई चाहिन्छ भन्दैनौँ । म त राजपालाई मात्रै होइन, अरु दललाई पनि समेटेर लैजाने पक्षमा छु । पछाडि परेको प्रदेशलाई सबै मिलेर बनाउँ भन्ने हो ।

(https://ayvnews.com/)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Prem Pun

    गठबन्धन फुटाउने खेल हुदैछ

    Comment Author

    Govinda P Gautam

    हो तपाइ को कोटा पनी सुरक्षीत छ तपाइले पनी नेपाल र नेपालीको सुख दूखमा सादिनै पर्छ वाम एकतामा सामेल र साथ दिनैपर्छ तराइ १२ रैमैना सिंचित हूनैपर्छ कृष्ण भीर वाट तराइमा त्रीशुली झार्नैपर्छ र तृशुली लाइ वाग्मति सिंचाइ योजन नहरमा पानी मिसाउनै पर्छ अर्को तराइ सिंचाइको विकल्प के छ तराइ वासी नेपाली सदै वर्खामा डूवान हीउदमा धूलो काकाकुल वन्न सक्दैन विचार सहि छ तराइको विकासमा सहयोग गरौ योनै नेपाल को भविष्य हो तराइ वासीको आवस्यक हो

    Comment Author

    Salon Rai

    To jasto sanga chai yemalele sarksr n bnaos baru parti paxamai basos?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
कोरोनाबाट बढि प्रभावित यी पाँच मुलुक
कोरोनाबाट बढि प्रभावित यी पाँच मुलुक
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
राष्ट्रियसभा सदस्य निर्वाचनको सोमबार उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनको सोमबार उम्मेदवारी दर्ता
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

तपाईंले छुटाउनुभयो कि?