प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
सारांश
- काठमाडौं, २ भदौ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज गरेको सम्बोधनप्रति २ नम्बर प्रदेशका एक राज्यमन्त्रीले नै कडा आपत्ति जनाएका छन् ।
- प्रधानमन्त्रीको सम्बोधनलाई २ नम्बर प्रदेशका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले “नेकपा सरकारको संघीयतामाथि लगाम लगाउने पहिलो प्रयास हो” भनेका छन् ।
काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज गरेको सम्बोधनप्रति २ नम्बर प्रदेशका एक राज्यमन्त्रीले नै कडा आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको सम्बोधनलाई २ नम्बर प्रदेशका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले “नेकपा सरकारको संघीयतामाथि लगाम लगाउने पहिलो प्रयास हो” भनेका छन् ।
राज्यमन्त्री मण्डलले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । “प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा– २ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयतामाथि लगाम लगाउने पहिलो प्रयास हो”, उनले भनेका छन् ।
सामाजिक सञ्जालमा राज्यमन्त्री मण्डलले थपेका छन्, “संघीय सरचनाको विशेषता अर्थात प्रादेशिक स्वायत्तताबिरुद्धको यो कम्युनिष्ट सर्वसत्तावादको पहिलो एपिसोड हो । जसको म साक्षी बन्न सक्दिन ।”
मधेस आन्दोलन, मधेसी सहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिन पनि उनले आग्रह गरेका थिए । प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न ओलीसँग राज्यमन्त्री मण्डलले अनुरोध समेत गरेका थिए । यद्यपि, प्रधानमन्त्री ओलीले प्रदेश नं. २ लाई सम्बोधन गरेका छन् ।
Kunwar Surya
खाते बिहारी होलानि
Shambhu Shah
देशकाे प्रधान मन्त्री अाउदा अापत्ती माेदी अाउदा फुल माला भडुवा हरु अाफु कुन देशकाे नागरीक हाे चित्त नबुझेका कुरा छल फल् बाट निस्कर्स मा पुग्नु पर्छ
Khushila Pun
Indian modi aye po khutta dhogna janthyo tani 2.no pradesh ko mantri ko niyet kaslai thaha navako ho ra?!